अछाम, मंसिर १७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अछामबाट बिदाई हुने क्रममा हाइहाइको नारा घन्किएको छ ।
झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा सुदुरपश्चिमको बैतडी, डडेलधुरा, डोटी हुँदै अछाम पार गरेर कर्णाली प्रदेश आउने क्रममा अछामा केपी बा हाइहाइको नारा लागेको हो ।
अछामको पञ्चदेवल माविका बिद्यार्थीहरुले केपी ओली सो बिद्यालयमा आइपुग्दा यस्तो नारा लगाएका हुन । उनीहरुले स्वागतको क्रममा ‘केपी बा, हाइहाई, अरु सवै बाइबाई भन्ने नारा घन्काएका हुन ।
एमाले अध्यक्ष ओली नेतृत्वको टोली आज सुदुरपश्चिमको यात्रा सकाएर अछामबाट कर्णालीको दैलेख जिल्लामा पर्ने सीमा क्षेत्र राकमतर्फ प्रस्थान गरेको छ ।
सुन्नोस भिडियो
प्रतिक्रिया दिनुहोस्