काठमाडौं, भदौ ३१ । नेपाल प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको समूहको झापा जिल्ला कार्यालयमा छापा मारेको छ ।
बिर्तामोड नगरपालिका–४, नेपाल विद्युत् प्राधिकरणको कार्यालय पछाडि राखिएको समूहको गोप्य कार्यालयमा छापामारेके हो ।
गोप्य कार्यालयबाट महत्वपूर्ण दस्तावेजसँगै हतियार पनि बरामद गरिएको प्रहरीले जनाएको छ । सोमबार दिनभर जिल्ला प्रहरी कार्यालय, झापा र इलाका प्रहरी कार्यालय, अनारमनीले चलाएको अपरेशनका क्रममा तीन जना नेता पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा झापा जिल्ला जनसरकार प्रमुख टीका पोखरेल, सेक्रेटरी प्रविण मिश्र र मकवानपुरका कार्यकर्ता अनुल सारु मगर छन् । घटना बारे आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने प्रहरीले तयारी गरेको छ । प्रहरीले कार्यालयबाट दुई वटा कटुवा पेस्तोल र ४ राउण्ड गोली पनि बरामद गरेको छ । प्रहरीले उनीहरुको साथबाट पार्टी महासचिवको हस्ताक्षर भएको दर्जनौं रसिद पनि बरामद गरेको छ । उनीहरुबाट बरामद दस्तावेजले बिर्तामोडका थुप्रै व्यवसायीलाई चन्द माग गरिएको खुलेको छ ।
प्रतिक्रिया दिनुहोस्