जनता टाइम्स

३१ भाद्र २०७६, मंगलवार ०८:४६

प्रधानमन्त्री ओलीले गुजराती भाषामै दिनुभयो भारतीय समकक्षी मोदीलाई जन्मदिनको शुभकामना


भदौ ३१ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना दिनु भएको छ । उहाले गुजरातीसहित अंग्रेजी र हिन्दी भाषामा लेखेर शुभकामना दिनु भएको छ ।

ट्वीटरमार्फत तीन भाषामा जन्मदिनको शुभकामना दिदै प्रधानमन्त्री ओलीले स्वास्थ्य, खुसी जीवन र दीर्घायुको कामना गर्नुभएको हो । ‘प्रधान्मन्त्री नरेन्द्र मोदीजी तपाईलाई जन्मदिनका हार्दिक शुभकामना’ओलीले मोदीलाई मेन्सन गर्दै लेख्नु भएको छ ।

‘म तपाईको राम्रो स्वास्थ्य, खुसी जीवन र दीर्घायूको कामना गर्दछु ।’ ‘मलाई पूरै विश्वास छ की हामी मिलेर नेपाल–भारतको द्वीपक्षीय सम्बन्ध अझै धेरै मजबुद बनाउँदै लानेछौं’ शुभकामना सन्देशमा ओलीले लेख्नु भएको छ । सन १९५० सेप्टम्बर १७ मा गुजरातमा जन्मिएका मोदी ६९ वर्ष पुग्नु भएको छ ।

यसैगरी भारतस्थित नेपाली राजदूत निलाम्बर आचार्यले पनि प्रधानमन्त्री मोदीलाई जन्मदिनको शुभकामना दिनु भएको छ । हिन्दी भाषामा शुभकामना दिदै उहाले सधै स्वस्थ्य, सुख र सफल हुनुहोस् भनेर कामना गर्नुभएको छ । साथै नेपाल–भारतको सहयोग सम्वन्ध अगाडी बढाएकोमा पनि आभार प्रकट गर्नुभएको छ ।