जनता टाइम्स

२२ मंसिर २०८०, शुक्रबार २०:३६

पोर्चुगलका लागि प्रस्तावित राजदूतमा नेपालको नाम अनुमोदन


काठमाडौं, २२ मंसिर । संसदीय सुनुवाइ समितिले पोर्चुगलका लागि प्रस्तावित राजदूतमा सनिल नेपालको नाम अनुमोदन गरेको छ ।

समितिको आज सिंहदरबारमा बसेको बैठकले प्रस्तावित राजदूतमा नेपालको योग्यता, क्षमता, अनुभव र कार्ययोजनामाथि छलफल गरी नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।

गत २३ कात्तिकमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाललाई पोर्चुगलका लागि प्रस्तावित राजदूतमा सिफारिस गर्ने निर्णय गरेको थियो ।