काठमाडौं, २५ मंसिर । अघिल्लो दिन पोजेटिभ सर्किट ब्रेक लागेर बन्द भएको सेयर बजार दोस्रो दिन सोमबार भने छिनछिनमै ह्वातह्वात्ती उकालो र ओरालो लाग्ने गरेको छ । । १०स्३० बजे खुलेको प्रि–ओपनिङ कारोबारमा बजार २५ अंक बढेको थियो ।
११ बजे नियमित कारोबार सुरु भएपछि घट्न थालेको बजार ६ मिनेटमै २६ अंक घटेर १९३७ मा झर्यो । अर्को ६ मिनेटमा बढेर १९८२ अंकमा पुगेको बजार त्यसपछि भने ओरालो लाग्यो । १२ बजे बजार केही सम्हालिंदै अघिल्लो दिनको तुलनामा १९ अंक घटेको छ ।
१२ बजेसम्म २ अर्ब ८ करोड रुपैयाँको कारोबार भयो । १२ बजेसम्म बैंकिङ १.१, विकास बैंक १.७, फाइनान्स १.१, होटल तथा पर्यटन १, जलविद्युत् १.५, जीवन बीमा ०.८, अन्य समूह ०.९ प्रतिशतले घटेका छन् । व्यापार र उत्पादन समूह केही बढेका छन् ।













प्रतिक्रिया दिनुहोस्