जनता टाइम्स

२६ मंसिर २०८०, मंगलवार १३:१७

तोलामै सात सय घट्यो सुनको मूल्य


काठमाडौं, २६ मंसिर । काठमाडौं । साताको तेस्रो दिन मंगलबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य एक लाख १६ हजार ३००, तेजाबी सुनको मूल्य एक लाख १५ हजार ७५० र चाँदीको मूल्य एक हजार ४१० रुपैयाँ तोकिएको छ ।

सोमबार एक लाख १७ हजार रुपैयाँमा छापावाल सुन, एक लाख १६ हजार ४५० मा तेजाबी सुनको कारोबार भएको थियो ।