जनता टाइम्स

१ आश्विन २०७६, बुधबार ११:०४

सरकार भ्रष्टाचारलाई निर्मुल पारी देशलाई समृद्ध बनाउने काममा लागेको छ : प्रधानमन्त्री ओली


काठमाडौं, असोज १ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार भ्रष्टाचारलाई निर्मुल पारी देशलाई समृद्ध बनाउने काममा लागेको प्रष्ट पार्नुभएको छ । राष्ट्रिय बिज्ञान दिवसको अवसरमा आज राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो धारणा राख्नुभएको हो ।

‘नेपाली समाजलाई पारदर्सी, सुशासनयुक्त भ्रष्टाचारमुक्त बनाएर देशलाई समृद्ध बनाउनु पर्छ । सरकार त्यही काममा लागेको छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । उहाँले नेपालमा अहिले बिकाश र लगानीको बातावरण बनेकोले अव बिकाश निर्माणका काममा बजेटको अभाव नहुने पनि प्रष्ट पार्नुभयो । ‘बातावरण बनेपछि बजेटको कमी हुँदैन, हामी बजेट खोज्न सक्छौं, अहिलेसम्म बातावरण बनिसकेको छ बिकासका लागि,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

उहाँले मुलुकमा अव हिंसाको कुनै गुञ्जायस नरहेको पनि बताउनु भयो । ‘अव हिंशाको युग सकियो, शान्तिपुर्ण ढंगले सुशासनका साथ देशलाई अगाडि बढाउनु छ । त्यो काम हामी गरिरहेका छौं,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । प्रधानमन्त्री ओलीले लोकतन्त्रलाई सुदृढ गरेर मुलुकलाई समृद्धितर्फ लाने काममा सवैको साथ र सहयोगको अपेक्षा पनि गर्नुभयो ।

‘समय बदलिएको छ, हामीले नै समयलाई बदलेको हो, समय अगाडि बढिसकको छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘लोकतन्त्रलाई सुदृढ गर्दै अगाडि बढाउने काम हामी सवैको हो । लोकतन्त्रको बिकल्प लोकतन्त्र नै हो, यसलाई सुदृढ गर्दै अघि बढनुपर्छ ।’ प्रधानमन्त्री ओलीले बिज्ञान प्रविधिको क्षेत्रमा हाम्रो मान्छे होइन, राम्रो मान्छे छानेर निकाल्ने प्रतिवद्धता पनि जनाउनु भयो । उहाँले नेपालको बिज्ञानको इतिहास असाधारण रहेको पनि बताउनु भयो ।