जनता टाइम्स

७ पुष २०८०, शनिबार १८:५८

प्रवासी नेपाली मञ्चको सह्रानीय काम, जेलमा रहेका चार नेपालीलाई गरायो स्वदेश फिर्ता


क्मलेसिया, पुस ७ । नेकपा एमाले निकट प्रवासमा रहेको संगठन प्रवासी नेपाली मञ्च (ओएनएफ) मलेसियाले जेलमा रहेका चार जना नेपालीलाई हवाई टिकट उपलब्ध गराएर नेपाल पठाएको छ ।

ओएनएफ मलेसियाको सहयोगमा जेल जीवन बिताई रहेको चार जना नेपाली स्वदेश फर्कन पाएका हुन ।

नेपाली राजदुतावास मलेसियाको समन्वय र मञ्चले उपलब्ध गराएको हवाई टिकटको साहयताले दाङ घोराही –८ का बिष्णु पुन, झपा दमक– ६ का रोशन भण्डारी, सुनसरीको धरान– १७ का बिक्रम लिम्बू र रामेछाप चुचुरे–२ का प्रकाश खत्री स्वदेश फर्कनु भएको प्रवासी नेपाली मञ्च मलेसियाका अध्यक्ष दयाराम कुमालले जानकारी दिनुभयो ।

प्रवासी नेपाली मञ्चले अहिलेसम्म ३० जनाभन्दा बढी समस्यामा परेका नेपालीलाई हवाई टिकटको ब्यवस्था गरी स्वदेश फर्काइसकेको छ ।मञ्चले बार्षिक एक सय जनाको टिकट उपलब्ध गराउने घोषण गरेको थियो । सोही घोषणा अनुसार टिकट उपलब्ध गराउदै आएको अध्यक्ष कुमालले बताउनु भयो ।

एनआरएनए मलेसियाको ८औं अधिवेशनको उदघाटन समारोहबाटै मञ्चबाट मञ्चका अध्यक्ष दयाराम कुमालले ६० वटा फ्रि हवाई टिकट उपलब्ध गराउने घोषणा गर्नु भएको थियो । सोही अनुसार मञ्चले समस्यामा परेका नेपालीलाई स्वदेश फर्कनका लागि निशुल्क हवाई टिकट उपलब्ध गराउँदै आएको छ ।