जनता टाइम्स

१० पुष २०८०, मंगलवार १७:५०

धनगढीमा लागूऔषधसहित दुई जना पक्राउ


धनगढी, १० पुस । कैलालीको धनगढीबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–३ मिलनचोकबाट पाँच सय २० मिलिग्राम लागूऔषधपिहत दुई जना पक्राउ परेका हुन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी, कार्यालय, धनगढीका अनुसार कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ का १९ वर्षीय आरिक अन्सारीसहित दुई जना पक्राउ परेका छन् । लागूऔषध ब्यूरो शाखा कार्यालय, महेन्द्रनगरको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।