जनता टाइम्स

२ आश्विन २०७६, बिहीबार ०७:३६

एकता प्रकियाका बाँकी काम टुंग्याउन नेकपा सचिवालय बैठक बालुवाटारमा बस्दै


 

काठमाडौं, असोज २ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटार बिहान ९ बजे बस्ने बैठकले एकता प्रक्रियाका बाँकी काम टुंग्याउन सक्ने बताइएको छ।

नेकपाले एकता प्रक्रियाका मुख्य काम स्थायी कमिटी, केन्द्रीय कमिटी, प्रदेश कमिटी तथा जिल्ला र स्थानीय तहको एकता प्रक्रियालाई टुंग्याइसकेको छ। यद्यपि जेष्ठ कम्युनिस्ट मञ्च, अनुशासन आयोग, लेखा आयोग, राष्ट्रिय परिषद् सदस्य गठनको काम भने बाँकी छ। त्यस्तै, पोलिटब्युरो गठन पनि गर्न बाँकी छ। बैठकले महत्वपूर्ण मानिएका पार्टीका ५ केन्द्रीय आयोगको जिम्मेवारीसमेत तोक्नसक्नेछ।