जनता टाइम्स

२ आश्विन २०७६, बिहीबार ०८:५६

बढ्यो प्रधानमन्त्री ओलीको सक्रियता : संसदमा सम्बोधनदेखि यी हुन आजका मुख्य तीन कार्यक्रम


काठमाडौं, असोज २ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा संम्बोधन गर्नुहुने भएको छ । संघीय संसदको आज बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लाग्नुभएको हो ।

सिंगापुरमा मृगौलाको उपचार गराई स्वदेश फर्केपछि प्रधानमन्त्री ओलीको यो पहिलो सम्बोधन हो । सम्बोधनमा प्रधानमन्त्री ओलीले मुलुकमा उठेका समग्र बिषयको जवाफ दिने र सरकारले गरिरहेको कामबारे जानकारी गराउने योजना छ । सिंगापुरबाट फर्केपछि हिजोबाट सार्वजनिक कार्यक्रममा जान थाल्नुभएका प्रधानमन्त्री ओलीले आज तीन ओटा मुख्य कार्यक्रम राख्नुभएको छ ।

उहाँले आज दिउसो २ः३० बजे संसदमा सम्बोधन गर्नुहुनेछ । यसैगरी बिहान ९ बजे प्रधानमन्त्री निवासमै नेकपाको सचिवालय बैठक बोलाइएको छ । सो बैठक लगत्तै ११ः३० बजे प्रधानमन्त्री ओलीले प्रधानमन्त्री निवासको शिल्यान्याश गर्ने कार्यक्रम रहेको प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । अधिकारीका अनुसार यसका अतिरिक्त नियमित भेटघाट र सरकारी कामको अनुगमनमा प्रधानमन्त्रीले समय खर्चनु हुनेछ ।