जनता टाइम्स

११ पुष २०८०, बुधबार १९:२५

बानेश्वरमा निर्माणाधिन ढलमा पुरिएका मजदुरको उद्धार


काठमाडौं, ११ पुस । काठमाडौंको बानेश्वरमा निर्माणाधिन ढलमा पुरिएका एक मजदुरको उद्धार गरिएको छ । गएराति ११ः४३ बजे काठमाडौं महानगरपालिका–९ पुरानो बानेश्वरमा ढल निर्माण भइरहेको ठाउँमा पुरिएका मजदुरको उद्धार गरिएको हो ।

पाँचथर फिदिम नगरपालिका–१२ घर भई गौशाला बस्ने २५ वर्षीय योगेन्द्र लिम्बुको उद्धार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

सेतो पुल जाने बाटोको बीच सडकमा ढल निर्माण भइरहेको बेलामा अचानक माटोको ढिस्को झरेर उहाँ पुरिनुभएको थियो । प्रहरीलाई खबर गरिएपछि गौशालाबाट खटिएको टोलिले उहाँको उद्धार गरेको थियो । उहाँको पुरानो बानेश्वरस्थित फ्रान्टलाइन अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।