जनता टाइम्स

२ आश्विन २०७६, बिहीबार ०९:२६

कुमार पन्तको औपचारिक उम्मेद्वारी घोषणा भोलि


काठमाडौं, असोज २ । गैर आवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष कुमार पन्तले भोलि अध्यक्षमा उम्मेद्वारी घोषणा गर्ने हुनुभएको छ ।

यही असोज २८ गतेदेखि काठमाडौंमा हुन लागेको बिश्व सम्मेलनमा अध्यक्षका प्रत्यासी रहनुभएका पन्तले भोलि बिशेष कार्यक्रम आयोजना गरी अध्यक्षमा औपचारिक रुपमा उम्मेद्वारी घोषणा गर्न लाग्नुभएको हो । ‘भोलि अध्यक्षमा औपचारिक रुपमा उम्मेद्वारी घोषणा हुन्छ, एनअरएनएलाई बलियो बनाउने एजेण्डासहित सवै तयारी पुरा भएको छ,’ पन्तले जनताटाइम्ससँग भन्नुभयो ।

यसपटक पन्तसँगै अर्का उपाध्यक्ष कुल आचार्यले पनि अध्यक्षमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ । भोलि पन्तले औपचारिक रुपमा अध्यक्षमा उम्मेद्वारी घोषणा गरेपछि एनआरएनएलाई औपचारिक रुपमा चुनाव लाग्नेछ ।