काठमाडौं, १३ पुस । गैरआवासीय नेपाली संघका असन्तुष्ट समुहले अलग भेला बोलाएको छ । गत एनआरएनए निर्वाचनमा पराजित अध्यक्षका प्रत्यासी आरके शर्मा समुहले अलग भेला बोलाएको हो ।
गत अगस्टमा सम्पन्न ११ औँ महाधिवेशनमा बद्री केसी पक्षले धाँधली गरेको भन्दै आफूलाई आधिकारिक अध्यक्षको रूपमा अघि दाबी गर्दै आएका शर्माको समुहले कार्य विभाजनमार्फत संस्थालाई चुस्त र गतिशील बनाउने योजना बनाएको भन्दै अलग भेला बोलाएको हो ।
जसअनुसार सोमबार शर्माले अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) को बैठक आह्वान गर्नुभएको हो । शर्माले निवर्तमान अध्यक्ष बद्री केसी समूहले धाँधली गरेको आरोप लगाउँदै आउनुभएको छ ।
परराष्ट्र मन्त्रालयले आफूहरुलाई छिट्टै न्याय दिने विश्वासमा रहेको जनाउँदै आउनुभएको शर्माले अलग भेला बोलाए पछि एनआरएनको आन्तरिक बिबाद थप चर्किने देखिएको छ । तर, एनआरएनए अध्यक्ष केसीको समुहले भने उक्त भेलाको बैधानिकता नरहेको जनाउँदै सो शर्माले बोलाएको बैठकमा उपस्थित नहुन निर्देशन दिएको छ ।
प्रतिक्रिया दिनुहोस्