पोखरा, १४ पुस । पोखरामा सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत पोखरा–२७ डाँडामा एक फुटपाथ व्यवसायीको सवारी दुर्घटनामा परी मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार बागलुङबाट भैरहवा जाँदै गरेको लु १ ख ८३५६ नम्बरको बसको ठक्करले भारतीय नागरिक ३० वर्षीया इश्रावती कुमारीको निधन भएको हो ।
प्रहरीका अनुसार ब्रेक फेल भएको बसले ठक्कर दिँदा उनको शनिबार बिहान निधन भएको हो ।
जारी लेखनाथ महोत्सवस्थलको गेट अघि फुटपाथमा गमला बिक्री गर्न बसिरहेको अवस्थामा उनलाई ब्रेक फेल भएको बसले ठक्कर दिए पछि उनी गम्भिर घाइते भएकी थिइन । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवणकुमार विकका अनुसार सवारी ब्रेक फेल भइ दुर्घटना भए पछि उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्याइएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्