जनता टाइम्स

१५ पुष २०८०, आईतवार १३:१३

परराष्ट्र नीतिमा गान्धी दर्शनको सुत्रात्मक प्रयोग


यही सूत्रका आधारमा नै मोदी सरकारले अन्तर्राष्ट्रिय विपत्त व्यवस्थापन ‘इनटनेशनल डिजास्टर मेनेजमेन्ट’को संस्थामा संसारको अनेक मुलुकहरूलाई आवद्ध गराएको छ । यो पनि एउटा गान्धी लिटम्स टेस्ट नै हो । कोरनाको कहरमा ९९ वटा मुलुकहरूमा कोरनाको खोप उपलब्ध गारउनु पनि गान्धीवादको नै प्रयोग थियो

बिपिन देव

जीवनको हरेक पक्षमा गान्धीले सुत्रात्मक अभिव्यक्ति दिएका छन । हिंसाले संसार आक्रान्त रहेको बेला गान्धी दर्शन मानव जीवनको लागि संजीवनी हुन सक्दछ । गान्धीको समयमा संसारको हरेक कुनामा र्माक्सवादको गहिरो प्रभाव थियो । गान्धीका सहकर्मी र सहयोद्धाहरू र्माक्सवादबाट प्रचुर मात्रामा प्रमाणित थिए । जवाहर लाल, जयप्रकाश नारायण, अर्चाय नरेन्द्र देव र डा. राममनोहर लोहियालगायत कैयौं मूर्धन्य नेताहरू समाजवादका हिमायति नै थिए ।

कालकान्तरमा गान्धीको सम्मोहनबाट यी व्यक्तित्वहरूको र्माक्सवादबाट मोह भंग भएको थियो । अर्थात गान्धीको समयमा खुला बजार व्यवस्था र भूमण्डलीकरण नभए तापनि गान्धी यसको पक्षमा बोलेको देखिन्छ । वडो चहकिलो भाषामा गान्धीले उदघोष गर्दै भनेका थिए कि सरकार व्यापारी भएको खण्डमा जनता दरिद्रीकरणतर्फ पलायन हुन सक्दछ । अर्थात यो अभिव्यक्ति खुला अर्थतन्त्रको पक्षमा थियो । त्यस्तै परराष्ट्र नीतिको सन्र्दभमा पनि गान्धीको भनाई र अभिव्यक्तिहरू जनहित र राष्ट्रहितको लागि उपयोगी देखिन्छ ।

यसै सन्र्दभमा भारतका पूर्वराजदूत मोहन कुमारले एउटा पुस्तक ‘इण्डिया मोमेन्ट’ प्रकाशित गरेका छन । गान्धी दर्शनको सुत्रात्मक प्रयोग विदेश नीतिको लागि उपयोगी हुने उनको प्रस्तावना रहेको छ । राजदूत मोहन कुमारले वर्तमान भारतका परराष्ट्र नीतिलाई गान्धीवादको चश्माबाट शुष्म विषलेशण गरेका छन । अर्थात कुनै पनि परराष्ट्र नीति निर्माण गर्दा देशका सबभन्दा पिडित, प्रताडित, विपन्न र दमित वर्गको अवस्थालाई मानसपटलमा राख्नुपर्दछ । डा. मोहन कुमारले यसलाई गरिवीको ‘भिटो’ समेत भनेका छन ।

डा. मोहन कुमारले गान्धीको यो अवधारणालाई ‘गान्धी लिटम्स टेसट’ समेत भनेका छन । अर्को शब्दमा भन्ने हो भने हरेक नीति र नियमलाई लागू गर्दा समाजको सबभन्दा पिडित वर्गको भावनालाई मध्य नजर गर्दै अगाडि बढाउनु पर्दछ । भर्खरै भारतले अध्यक्षता गरिरहेको जी ट्वान्टी शिखर सम्मेलनमा संसारका गरिव देशहरूको स्वरलाई ध्वनित गर्न ठुलो गृहकार्य भएको थियो । संसारका अधिकांश गरिव मुलुकहरू विश्वको दक्षिण गोलाद्धमा बास गर्ने गरेका छन । जसलाई ग्लोवल साउथ भनिन्छ । सन् २०२३ सेप्टेम्बरमा शिखर सम्मेलन हुनुभन्दा पहिले विद्युतीय माध्यमबाट भारतले ग्लोवल साउथका १२५ राष्ट्रहरूसंग सम्वाद गरेको थियो ।

राजदूत मोहन कुमारले यसलाई गान्धी लिटमस टेस्टको रूपमा संज्ञा दिएका छन । वर्तमान परिवेशमा संसारमा सबभन्दा ठूलो समस्यामध्ये पर्यावरणीय समस्या गम्भीर रहेको छ । विकसित मुलुकहरूले हरित उर्जा, सौर्य उर्जा र हावा उर्जालाई तत्काल प्रोत्साहन गर्न विकाशिल मुलुकहरूलाई दवाव दिइरहेको अवस्था छ । रोचक कुरा के छ भने युरोप र अमेरिकाले औद्योगीकरण र शहरीकरण गर्ने शिलशिलामा वातावरणीय समस्यालाई गम्भीर बनाएका छन, जसको दस्तुर गरिव मुुलुकहरूले तिरिरहेको अवस्था छ ।

अर्थात भारतलाई कोइलाको प्रयोग नर्गन विकसित मुलुकहरूले दवाव दिएका छन । तर भारतले गरिवीको भीटो पावर प्रयोग गर्दै यसलाई प्रतिवाद गरेका छन । भारतमा कोइलालाई उर्जाको रूपमा प्रयोग गर्ने करोडौं गरिव तहका जनता रहेका छन । गान्धी लिटमस टेस्टको आधारमा भारतले कोइलाको प्रयोगलाई जारी नै राखेका छन । अमेरीका र युरोपले वौद्धिक सम्पति (इनटेलेकटुमा प्रोपटी) को मुद्धालाई समेत उठान गरेका छन । भारत जस्ता मुलुकले युरोप र अमेरीकाको दवावमा आएर वौद्धिक सम्पतिमा पूर्ण रूपमा सहमत भएको खण्डमा भारत लगायत दक्षिण एशिया र अफ्रिकी मुलुकहरूमा किताव र औषधीको ठुलो हाहाकार हुन सक्दछ । किताव र औषधीको दस्तुर डलर, युरो र पौंडमा र्तीन सक्ने क्रय क्षमता भारत लगायत अरू गरिव मुलुकहरूको जनतासंग छैन ।

भारतले अफ्रिकालाई मोहन दास दिएका थिए भने अफ्रिकाले मोहन दासलाई माहात्मा गान्धी बनाइ दिए । गान्धी दर्शन अनुसार परराष्ट्र नीति मानव कल्याणको आधार स्तम्भबाट परिचालित हुनु पर्दछ । अर्थात विपत्ति र संकटकालिन अवस्थामा मानव कल्याणको लागि हरेक राष्ट्र तल्लीन हुनु पर्दछ 

डा. मोहन कुमारले भारतको युक्रेन नीतिलाई समेत गान्धीवादको आलोकमा व्याख्या गरेका छन । रसियाले युक्रेन माथि आर्कमण गर्दा भारतमाथि अमेरीकालगायत पश्चिमा मुलुकहरूको चर्को दवावमा रहेको थियो । कर्वाड र आई, टु.यु.टु.को सदस्य हुनु, प्रजातान्त्रिक मुलुक हुनु र पश्चिमा सञ्चार गृहको गहिरो प्रभाव हुनु जस्ता कारणहरूले गर्दा भारत कूटनीतिको कठिन मोडमा थियो । भारतले युक्रेन नीतिमा गान्धी लिटम्स टेस्टको प्रयोग गरे । अर्थात् आफ्नो कूटनीतिक संयन्त्रलाई धीर र गम्भीर रूपमा परिचालित गर्दै मानवीय सहानुभूति र सम्वेदनाका आधारमा २० हजार भारतेली विद्यार्थीहरूलाई युक्रेनबाट मुक्त गराउन भारत सफल भएको थियो ।

खास अर्थमा भारतको प्रमुख जिम्मेवारीको रूपमा भारतका गरीव जनताहरूको जन जीवन थियो । यही कुरालाई मध्य राख्दै महगाईको वृद्धिदरलाई स्थिर राख्न उर्जा आयातमा कुनै किसिमको वाधा नहोस भन्ने नियतका साथ रसियासंगको उर्जा खरिदलाई भारतले १६ गुणा बढोत्तरी गरेर आफ्ना गरिव र विप्पन जनताको जनजिविकालाई प्रभावित हुन दिएन । यो वास्तवमा गान्धीवादको नै प्रयोग भएको कुरा मोहन कुमारको विषलेशण रहेको छ । साथ साथै साध्य र साधनको विच तादम्यता हुनु पर्दछ भने गान्धीको सैद्धान्तिक दृष्टिकोणलार्य मध्य नजर राख्दै भारतले युक्रेनमा भएको आक्रमणलाई निन्दा समेत गरेको छ । सन् २०२३ मा भारतका परराष्ट्र मन्त्री डा. जयशंकरले ३३ वटा मुलुकहरूमा यात्रा गरेका छन । यी मुलुकहरूमध्ये अधिकांश अफ्रिकाका मुलुकहरू नै रहेका छन् ।

अफ्रिकी युनियनलाई जी ट्वान्टीका सदस्य बनाउन भारतले आवश्यक वातावरण निर्माण गर्नु र १६ वटा अफ्रिकी मुलुकहरू नयॉ भारतीय दूतावास सञ्चालन गरेर डा. जयशंकरले गान्धीवादमा प्रयोग गरेका छन । भारतले अफ्रिकालाई मोहन दास दिएका थिए भने अफ्रिकाले मोहन दासलाई माहात्मा गान्धी बनाइ दिए । गान्धी दर्शन अनुसार परराष्ट्र नीति मानव कल्याणको आधार स्तम्भबाट परिचालित हुनु पर्दछ । अर्थात विपत्ति र संकटकालिन अवस्थामा मानव कल्याणको लागि हरेक राष्ट्र तल्लीन हुनु पर्दछ ।

यही सूत्रका आधारमा नै मोदी सरकारले अन्तर्राष्ट्रिय विपत्त व्यवस्थापन ‘इनटनेशनल डिजास्टर मेनेजमेन्ट’को संस्थामा संसारको अनेक मुलुकहरूलाई आवद्ध गराएको छ । यो पनि एउटा गान्धी लिटम्स टेस्ट नै हो । कोरनाको कहरमा ९९ वटा मुलुकहरूमा कोरनाको खोप उपलब्ध गारउनु पनि गान्धीवादको नै प्रयोग थियो । कालान्तरमा पनि गान्धी सूत्रवाट भारतीय परराष्ट्र नीति परिचालित हुने जनकारहरूको दावी रहेको छ ।