जनता टाइम्स

२ आश्विन २०७६, बिहीबार १३:०३

विमानस्थलको उपकरण विग्रिएपछि नेपाली आकाशमा ठुला जहाज होल्ड


काठमाडौं, असोज २

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको उपकरणमा खराबी भएपछि नेपाली आकाशमा ठुला जहाज होल्ड भएर बसेका छन् । लामोसमयसम्म पनि आकाशमा अन्तराष्ट्रिय उडानका विमानहरु होल्ड भएर बसेका हुन् ।

दूरी मापन गर्ने उपकरण (डीएमई) तथा भीएचएफ ओम्नीडाइरेक्सनल रेडियो रेन्ज (भीओआर) मा समस्या देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूला जहाजको अवतरण प्रभावित भएको हो । भीओआर र डीएमई उपकरण १०ः४८ मा बिग्रिएको थियो भने १२ः२० मा यसको मर्मत सकिएको छ ।

मर्मत भएपछि चाइना साउर्थनको विमान अवतरण भएको छ । कतार एयरलाइन्स, थाइ एयरवेज, रोयल भुटान एयरवेज र सारजाहबाट आएको एयर अरेविया आकाशमा लामो समयदेखी होल्ड छन् । आन्तरिक उडान भने सामान्य छन् ।