जनता टाइम्स

१५ पुष २०८०, आईतवार १८:२६

जडीबुटीमा सवारीको ठक्करबाट बालिकाको मृत्यु


काठमाडौं, १५ पुस । काठमाडौं महानगरपालिका ३२ जडीबुटीस्थित सडकमा बाप्र०२–००२ प ८४९६ नम्बरको मोटरसाइकलको ठक्करबाट एक बालिकाको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा पैदलयात्री सोही ठाउँ बस्ने ओखलढुंगा चम्पादेवी गाउँपालिका–१ घर भएका छविलाल मगरकी छोरी ११ वर्षीया लक्ष्मी मगरको रहेकी छन् ।

उनको शनिबार साँझ ज्यान गएको हो । प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान थालिएको जनाएको छ ।