काठमाडौ, १६ पुस । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण गर्ने निर्णय गरेको छ । कम्पनीको गत शुक्रबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले करसहित ६.३२% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
अघिल्लो आर्थिक वर्ष २०७८–७९ मा भने कम्पनीले २३% बोनस सेयर वितरण गरेको थियो । कम्पनीको उक्त प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र मिर्मिरेको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीहरुलाई वितरण हुनेछ ।













प्रतिक्रिया दिनुहोस्