जनता टाइम्स

१६ पुष २०८०, सोमबार १३:०८

प्रि–ओपन सेसनमा नेप्से सूचक ३.५४ अंकले बढ्यो


काठमाडौ, १६ पुस । प्रि–ओपन सेसनमा नेप्से सूचक ३.५४ अंकले बढेको छ । यससँगै सूचक ३.५४ अंकले बढेर २०७२.४५ अंकमा आएको छ । यो सेसनमा २९ कम्पनीको भाउ बढ्दा १० वटाको मूल्य घटेको छ ।

बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

यो सेसनमा ४४ कम्पनीको ४५ सय ६९ कित्ता सेयर कारोबार हुदाँ २५ लाख ४१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । कुल १ सय ८९ वटा कारोबार भएको हो ।