जनता टाइम्स

२ आश्विन २०७६, बिहीबार १३:२७

उपाध्यक्ष कुल आचार्यले जम्मा गरे एनआरएनएको खातामा ५० लाख


काठमाडौं, असोज २ । गैर आवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष कुल आचार्यले संघको खातामा ५० लाख सापटी सहयोग गर्नुभएको छ । एनआरएनएको अभियानलाई अगाडी बढाउने क्रममा संघका अध्यक्ष भवन भट्टले गर्नुभएको आह्वानलाइ कदर गर्दै उपाध्यक्ष आचार्यले आज संघको खातामा ५० लाख रुपैया सापटीको रुपमा सहयोग गर्नुभएको हो ।

अध्यक्ष भट्टले अरु पदाधिकारीहरुलाई पनि सहयोग उपलब्ध गराउन अनुरोध गर्नुभएको छ । अहिलेसम्म उपाध्यक्ष कुमार पन्त र एनआरएनए अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक गौरीराज जोशीले संघको खातामा एक÷एक करोड सहयोग गर्नुभएको छ । पन्त अध्यक्षका उम्मेदव्वार हुनुहुन्छ भने जोशी सचिवका दावेदार हुनुहुन्छ । यस्तै आज सहयोग जम्मा गर्ने आचार्य पनि एनआरएनएको अध्यक्षको दावेदार हुनुहुन्छ ।

‘गैर आवासीय नेपाली संघको अभियानलाई आगाडी बढाउने क्रममा संघका अध्यक्षज्युको आह्वानलाइ कदर गर्दै उपाध्यक्ष श्री कुल आचार्यले संघको खातामा रु ५० लाख सापटीको रुपमा सहयोग गर्नु भएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछांै, उपाध्यक्ष आचार्यको निरन्तर प्रगतिको लागि हार्दिक शुभकामना,’ एनआरएनएको आधिकारिफेसबुक पेजमा भनिएको छ, ‘अध्यक्षज्युले अरु पदाधिकारीहरुलाई पनि सहयोग उपलब्ध गराउन अनुरोध गर्नुभएको छ ।’