काठमाडौ, १७ पुस । आज सुन–चाँदीको भाउ बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख २१ हजाररुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २० हजार ४०० रुपैयाँ कायम गरिएको छ ।
यसअघि सोमबार सुनको कारोबार स्थिर रहेको थियो । सोमबारको तुलनामा ५०० रुपैयाँले सुनको भाउ बढेको हो । आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदीको भाउ प्रतितोला १४ सय ६० रुपैयाँ कायम रहेको छ । सोमबार चाँदी प्रतितोला १४ सय ५५ रुपैपाँमा किनेबेच भएको थियो ।













प्रतिक्रिया दिनुहोस्