जनता टाइम्स

१७ पुष २०८०, मंगलवार १५:२४

सेयर बजार ३० अंकले घट्यो


काठमाडौं, १७ पुस । सेयर बजार ३० अंकले घटेको छ । आज ३०.०५ अंकले घटेको सेयर बजार २०३०.१० विन्दुमा पुगेर बन्द भएको छ ।

यसदिन ३०५ कम्पनीको १ करोड ११ लाख ८५ हजार ७१२ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४ करोड ४६ लाख ५९ हजार ९२२ रुपैयाँको कारोबार भएको छ ।

यसदिन ३७ वटा कम्पनीको सेयरमूल्य बढ्दा २०५ वटा कम्पनीको घटेको छ भने ३ वटाको स्थिर छ ।