काठमाडौ, १८ पुस । आज सुनचाँदीको भाउ घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख २० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २० हजार २०० रुपैयाँ कायम गरिएको छ ।
यसअघि मंगलबार सुनको भाउ ५०० रुपैयाँले बढेको थियो ।
अघिल्लो दिनको तुलनामा आज २०० रुपैयाँले सुनको भाउ घटेको हो । आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदीको भाउ प्रतितोला १४ सय ५० रुपैयाँ कायम रहेको छ । मंगलबार चाँदी प्रतितोला १४ सय ६० रुपैपाँमा किनेबेच भएको थियो । मंगलबारको तुलनामा चाँदी १० रुपैयाँले घटेको हो ।













प्रतिक्रिया दिनुहोस्