जनता टाइम्स

१८ पुष २०८०, बुधबार १६:०७

सेयर बजार २८ अंकले बढ्यो


काठमाडौं, १८ पुस । सेयर बजार करिब २८ अंकले बढेको छ । आज २७.९० अंकले बढेको सेयर बजार २०५८.१० विन्दुमा पुगेर बन्द भएको छ ।

यसदिन ३०६ कम्पनीको १ करोड ५ लाख ४९८ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४ करोड ८८ लाख ५७ हजार ४५४ रुपैयाँको कारोबार भएको छ ।

यसदिन २०९ वटा कम्पनीको सेयरमूल्य बढ्दा ३० वटा कम्पनीको घटेको छ भने ६ वटाको स्थिर छ ।