रौतहट ,१८ पुस । रौतहटको चन्द्रनिगाहपुर–गौर सडकखण्डमा स्थानीयले चक्काजाम गरेका छन् । हुलाकी राजमार्गअन्तर्गतको बडहरवा पुल समयमा नबनेको भन्दै स्थानीय बासिन्दाले चक्काजाम गरेका हुन् । हुलाकी राजमार्ग अन्तर्गत पर्ने बागमतीको बढहर्वा पुल तत्काल बन्नुपर्ने माग राख्दै स्थानीय बासिन्दाले चन्द्रनिगापुर गौर सडक खण्डको बम नहरमा सवारी साधन अवरुद्ध गरेर चक्काजाम गरेका हुन् ।
उनीहरूले दिउँसो साढे १ बजेबाट सो स्थानमा चक्काजाम गरेका कारण चन्द्रनिगाहपुर गौर सडक खण्डमा चल्ने सवारी साधनहरू अवरुद्ध भएका हुन । पप्पु कन्ट्रकसनले पुल बनाउन ठेक्का सकार गरेको थियो ।
रौतहटको यमुनामाई गाउपालिका, दुर्गा भगवती गाउँपालिका र राजदेवी नगरपालिकाका स्थानीय बासिन्दाले बम नहरमा जम्मा भएर पुल समयमै बन्नुपर्ने माग राख्दै चक्काजाम गरेका हुन् । रौतहटको क्षेत्र नम्बर १ का प्रदेश सांसद नागेन्द्र शाहसहितका स्थानीय बासिन्दाले चक्काजाम गरेपछि चन्द्रनिगापुर(गौर सडकखण्डमा सवारी आवागमन अवरुद्ध भएको हो ।
प्रतिक्रिया दिनुहोस्