जनता टाइम्स

१८ पुष २०८०, बुधबार १७:५३

भारतीय बिदेश मन्त्रालयका प्रवक्ता फेरिए, जयसवाललाई ल्याईयो


नयाँदिल्ली, १८ पुस । भारतीय विदेश मंत्रालयको प्रवक्ता परिवर्तन हुनुभएको छ । भारतीय बिदेश मन्त्रीको नेपाल भ्रमण अघि प्रवक्ता परिवर्तन भएको हो ।

जसअनुसार रवीन्द्र जायसवाल, १९९८ ब्याचका आईएफएस जायसवाल आज देखि भारतीय विदेश मंत्रालयका आधिकारिक प्रवक्ता नियुक्त हुनुभएको हो ।

यसअघि अरिंदम बागचीलाई जेनेवा स्थित संयुक्त राष्ट्रमा भारतका स्थाई प्रतिनिधि नियुक्त गरिए पछि जायसवाललाई प्रवक्तामा ल्याइएको हो ।