काठमाडौ, १९ पुस । आज पनि सुन–चाँदीको भाउ घटेको छ । नेपाल सुन(चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख २९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १८ हजार ९५० रुपैयाँ कायम गरिएको छ ।
यसअघि बुधबार सुनको भाउ २०० रुपैयाँले घटेको थियो । अघिल्लो दिनको तुलनामा आज ३०० रुपैयाँले सुनको भाउ घटेको हो । आज चाँदीको भाउ ३० रुपैयाँले छ । आज चाँदी प्रतितोला १४ सय २० रुपैयाँ कायम रहेको छ । बुधबार चाँदी प्रतितोला १४ सय ५० रुपैपाँमा किनेबेच भएको थियो ।













प्रतिक्रिया दिनुहोस्