जनता टाइम्स

१९ पुस २०८०, बिहिबार १२:५९

मल्टिपर्पस फाइनान्सले लाभांश वितरण नगर्ने


काठमाडौ, १९ पुस । मल्टिपर्पस फाइनान्सले लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९–८० बाट कुनैपनि लाभांश वितरण नगर्ने जनाएको छ । अघिल्लो वर्ष २०७८–७९ मा पनि मल्टीपर्पसले लाभांश वितरण गरेको थिएन ।

फाइनान्सको बुधबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको वित्तीय विवरणका आधारमा सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । साथै कम्पनीको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने पनि निर्णय गरेको छ ।