काठमाडौं, २० पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय बिदेश मन्त्रीले आफनो भ्रमण भएकै बेला चिनियाँ प्रतिनिधिमण्डलले गरेको भ्रमण प्रति रोष प्रकट गरेको बिषयमा सत्यता नभएको बताउनुभयो । आज बिहान प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले सो प्रष्टिकरण दिनुभएको हो ।
‘भारतिय विदेश मन्त्रीले चिनिया प्रतिनिधि मण्डलको भ्रमणलाई लिएर असन्तुष्टी जनाएको भन्नेमा बिषयमा कुनै सत्यता छैन, मसँगको कुराकानीमा उहाँ (एस जयशंकर) ले एक शब्द पनि उहाँले उच्चारण गर्नुभएको छैन्,’ उहाँले भन्नुभयो, ‘मसँगको अनौपचारिक ‘वान टु वान’ कुरा हुँदा पनि यो विषयमा प्रश्न चासो उहाँले राखेको हैन, यो प्रष्ट हुन अनुरोध गर्छु कि यो गलत चर्चा हो ।’ नेकपा एमालेका सांसद रघुजी पन्तले चिनियाँ प्रतिनिधि मण्डलको भ्रमण प्रति भारतीय बिदेश मन्त्री जयशंकरले असन्तुष्टी जनाएको भन्ने बिषयबारे प्रस्टाउनु पर्ने धारणा राख्नुभएको थियो ।
‘चिनिया पदाधिकारी आएकोमा असन्तुष्टि उहाँ (यस जयशंकर) ले पोख्नुयो भन्ने भन्ने कुरा आयो, यो कुटनैतिक दृष्टिकोणले ठिक भएन । नेपाल सार्वभौम भएकाले जो पनि आउन पाउँछन् ।’ पन्तले सो धारणा राखेपछि प्रधानमन्त्री प्रचण्डको सो स्पष्टीकरण आएको हो । बिहीबार दिउँसो चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का युनान प्रान्त डेपुटी सेक्रेटरी सी युगाङ चारदिने भ्रमणका लागि काठमाडौं आएका छन, जुन दिन भारतीय बिदेश मन्त्री यस जयशंकर पनि नेपाल आउनुभएको हो ।













प्रतिक्रिया दिनुहोस्