जनता टाइम्स

२० पुष २०८०, शुक्रबार १२:०५

नेको इन्स्योरेन्सको माघ १२ गते साधारणसभा हुँदै, के-के छन् एजेण्डा


काठमाडौ, २० पुस । नेको इन्स्योरेन्स कम्पनीले वार्षिक साधारण सभा माघ १२ गते बोलाएको छ । नेको इन्स्योरेन्सले लगानीकर्ताहरुका लागि लाभांश वितरण भने नगर्ने भएको छ ।

सभाले संस्थापक समूहबाट १ जना महिलासहित २ जना र सर्वसाधारण समूहबाट ३ जना गरी कुल ५ जना सञ्चालक निर्वाचन गर्नेछ । कम्पनीको एजेण्डामा आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा छलफल हुने साथै, आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को छ ।

सभा प्रयोजनका लागि कम्पनीले माघ २ गते बुक क्लोज गर्ने भएको छ । पुस २९ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् । सभा लिसारा रिसेप्सन नक्साल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।