जनता टाइम्स

२० पुष २०८०, शुक्रबार १२:११

पालिकामार्फत भारतले नेपालमा २० करोड लगानी गर्ने हो : प्रधानमन्त्री


काठमाडौं, २० पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतले नेपालमा मनलाग्दी २० करोड लगानी नगर्ने बताउनुभएको छ । नेपाल–भारतबीच हिजो भएको सम्झौताअनुसार भारतले नेपाल आफू खुसी २० करोड रुपैयाँँ खर्च गर्न सक्ने भनिएका बेला प्रधानमन्त्री प्रचण्डले भारतले पालिकामार्फत २० करोड रुपैयाँ लगानी पालिकामार्फत गरिने उहाँले जानकारी दिनुभयो ।

प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले ३ करोडबाट सुरु भएको २० करोड पु¥याइएको लगानी गर्ने उक्त रकम पालिकामार्फत गरिने बताउनुभयो ।

‘तीन करोडबाट सुरु भएर पाँच करोड हुँदै २० करोड लगानी गर्ने भन्ने सत्य हो, तर जसरी मन लाग्यो त्यसरी खर्च गर्ने हैन, प्रक्रिया छ । नगरपालिकाबाट गर्ने हो । तर, उठाएको विषयमा मेरो ध्यानाकर्षण भएको छ । बढी व्यावहारिक बनाउन लागिनेछ,’ उहाँले भन्नुभयो ।