काठमाडौं, २० पुस । नेपालको दुईदिने भ्रमण पूरागरि भारतीय विदेशमन्त्री एस जयशंकर स्वदेश फर्किनुभएका छन् ।
बिहीबार काठमाडौं आउनुभएका उहाँ शुक्रबार स्वदेश फर्किनुभएको हो ।
नेपाल बसाइका क्रममा उहाँले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्रीहरूसहित विभित्र राजनीतिक दलका नेतासँग भेटवार्ता गर्नुभएको थियो भने विभिन्न बैठकमा सहभागी हुनुभएको थियो ।
स्वदेश फर्किनुअघि शुक्रबार बिहान उहाँले पशुपतिनाथको दर्शन गर्नुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्