जनता टाइम्स

२० पुष २०८०, शुक्रबार १६:०७

जुवातास खेल्दै गरेको अवस्थामा १३ जना पक्राउ


काठमाडौं, २० पुस । काठमाडौं र अछामबाट जुवातास खेल्दै गरेको अवस्थामा १३ जना पक्राउ परेका छन् । काठमाडौंको दक्षिणकाली नगरपालिका–५ हात्तीवनस्थित जंगलमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–५ डल्लु बस्ने ४० वर्षीय कबिर तामाङसमेत ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ६५ हजार रूपैयाँ र विभिन्न ब्राण्डका मोबाइल १० थानसहित पक्राउ गरेको हो ।

अछामको मंगलसेन नगरपालिका-५ मंगलसेन बजारस्थित अर्जुन सिंह बिष्टको सिलाई कटाईको पसलमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४८ वर्षीय रमजान खाँ समेत ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २३ हजार ६ सय ३० रुपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो ।