जनता टाइम्स

२१ पुष २०८०, शनिबार १०:४५

काठमाडौंका यी क्षेत्रमा आज ४ घण्टा विद्युत आपूर्ति बन्द हुने


काठमाडौं, पुस २०। बज काठमाडौंका केही ठाउँमा बिजुली आपूर्ति बन्द हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरणले चाबहिलदेखि बौद्धसहितका केही क्षेत्रमा चार घण्टा विद्युत आपूर्ति बन्न हुने जनाएको छ ।

विद्युत लाइन मर्मतको काम भइरहेकोले बिहान १०ः३० बजेदेखि दिउँसो साढे २ बजेसम्म विद्युत आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ।