जनता टाइम्स

२२ पुष २०८०, आईतवार ०९:५०

यौन सम्बन्धबारेका केही रोचक तथ्य र भ्रमहरु


यौन मामिलामा अर्को रोचक तथ्य पनि छ । त्यो हो, यौन सन्तुष्टिबारे महिलाहरुले झुट बोल्छन । हो, यौन सम्बन्धमा महिलाहरु त्यति खुलेर कुरा गर्दैनन । उनीहरु यौन सन्तुष्टिको विषयमा झुट बोल्ने गर्छन

काठमाडौं, पुस २२ । यौन सबै सजिव प्राणीको आवश्यकता हो । यौन सम्बन्धले मानव जीवनमा धेरै महत्व राख्दछ भने वैवाहिक जीवनमा यसले धेरै प्रभाव पारेको हुन्छ । नेपाली समाजमा विवाहपश्चात मात्रै यौनसम्पर्कलाई वैधता दिइन्छ । यद्यपी पछिल्लो समय विवाहअघि पनि युवा युवतीहरु प्रेम र यौन सम्बन्धलाई सँगै अघि बढाएको अध्ययनले देखाएको छ ।

यौनबारे नेपाली समाजमा निकै भ्रमहरु रहेको पाइएको छ । यौनसम्पर्क अगाडि हुने मायाको अभिव्यक्तिले यौन जीवन सुखमय हुन्छ भन्ने ज्ञान जोडीहरुलाई छैन । त्यसैले पनि अक्सर जोडीको यौन जीवन सुखमय हुन सकिरहेको छैन । हाम्रा विद्यालयमा अझै पनि यौन शिक्षा दिँदा धेरै छात्राहरु विद्यालय नै आउँदैनन । यस बिषयमा अध्ययन गरेका अन्तराष्ट्रिय एजेन्सीहरुको अध्ययन गरी यौनबारे केही तथ्य, यथार्थ र भ्रम प्रस्तुत गरिएको छ ।

कति समय हुन्छ चरम सुख ?

यौन सम्बन्धको बेला समयले निकै महत्व राख्दछ । धेरै पुरुष आफू यौन सम्पर्क राख्दा निकै कम समय टिकेको र छोटो समयमा नै स्खलन भएको भनी हीनता बोध गर्दछन । र तिनका पार्टनरको गुनासो हुन्छ, मलाई मज्जा नै नआई उसलाई पुग्यो । विभिन्न सञ्चार माध्यममा राखिएका यौन सम्बन्धी कार्यक्रममा पनि अक्सर यस्ता गुनासो आइरहेको पाइन्छ । यसको कारण उनीहरुले आफ्नो पार्टनरलाइ सन्तुष्ट बनाउन सकिन कि भन्ने कुराले पिरोल्छ ।

तर, एक सर्वेक्षणका अनुसार अधिकांश मानिसको यौन समय करीब बराबर नै रहन्छ । अर्थात् अधिकांश जोडीहरु यौन सम्बन्धमा १२ मिनेटसम्म टिक्छन । सेक्स टोय बनाउने एक कम्पनीले गरेको सर्वेक्षणमा ४ सय ३२ जोडी संलग्न थिए, जसले २ हजारभन्दा बढी समय यौन सम्पर्क राखेका थिए । उनीहरुसँग यौन जीवनको बारेमा प्रश्न गर्दा एक अचम्मको तथ्य फेला परेको थियो ।

केवल १२ मिनेट

सर्वेक्षणको नतिजाले अधिकांश जोडी यौन सम्पर्क राख्दा केवल १२ मिनेट मात्रै टिक्ने गरेको बताएका छन । १२ मिनेट निकै कम समय हो । तर, अध्ययन प्रतिवेदनमा यो केवल पेनिट्रेसनको मात्रै समय हो कि अथवा फोरप्लेसहितको समय हो भन्नेबारे कुनै उल्लेख गरिएको छैन ।

क्लाइमेक्समा १२ मिनेटभन्दा बढी समय

यौन विशेषज्ञहरुका अनुसार महिलालाई क्लाइमेक्समा पुग्न करीब १२ मिनेटको समय लाग्छ । तर एक अर्को शोधले भने यौनको पूरा समय ३० मिनेटभन्दा कम भएमा महिला चरमोत्कर्षमा पुग्न नसक्ने देखाएको छ । यो तथ्यको आधारमा भन्ने हो भने अधिकांश नेपाली महिलाहरुले यसकारण चरम यौन सन्तुष्टि लिन सकेका छैनन ।

समयभन्दा अनुभव महत्वपूर्ण

कुनै पनि जोडीको सम्बन्ध प्रगाढ बन्न उनीहरुको यौन जीवन पनि राम्रो र स्वस्थ हुनु जरुरी छ । तर, यौनसम्पर्कका क्रममा समयमा भन्दा यौन अनुभवमा ध्यान दिनु बढी महत्वपूर्ण हुन्छ । यसले नै यौनलाई आनन्दमय बनाउँछ ।

यौन सन्तुष्टिबारे झुट बोल्छन महिला

यौन मामिलामा अर्को रोचक तथ्य पनि छ । त्यो हो, यौन सन्तुष्टिबारे महिलाहरुले झुट बोल्छन । हो, यौन सम्बन्धमा महिलाहरु त्यति खुलेर कुरा गर्दैनन । उनीहरु यौन सन्तुष्टिको विषयमा झुट बोल्ने गर्छन । उनीहरु आफु सन्तुष्ट नभए पनि आफ्नो पाटनरसंग जुटो बोल्ने गर्छन । उनीहरुको अक्सर जवाफ हुन्छ । मजा भयो । तर महिलाहरु साँच्चीकै यौनसन्तुष्टिको कारण नभइ कतिपय अवस्थामा पार्टनरको रेस्पेक्ट र उनीहरुलाई गरेको प्रेमको कारण पनि यस्तो झुटो बोल्ने गरेको अनुसन्धानले देखाएको हो ।

कतिपय अध्ययन प्रतिवेदनले महिलाहरु यौन सन्तुष्टि नपाए पनि आफ्नो यौनजोडीसँग आफूले सन्तुष्टि प्राप्त गरेको भनी झूट बोल्ने फेक अर्गाजम गरेको देखाइसकेका छन् । उनीहरु किन यस्तो गर्छन त ? यस्ता छन कारण :

१. पुरुषको अहम : महिलाको फेक अर्गाजमको पछाडि धेरै कारण हुन्छन । त्यसमध्ये एक हो पुरुषको अहम । पुरुषहरु महिलालाई बेडमा सन्तुष्ट गर्ने कुरालाई आफ्नो अहम अथवा इगोको रुपमा लिन्छन । त्यसैले पुरुषको अहममा ठेस नपुगोस भनेर महिलाहरु झुट बोल्छन । पुरुषहरु बेडमा पार्टनरलाई यस्तो भ्रमित पार्छन कि ऊ नै संसारको सबैभन्दा बलबान शक्तिशालि र यौन सन्तुष्ट दिने व्यक्ति हो । उनीहरुको यही भावनामा डराएर, रेस्पेक्ट दिन, माया दर्शाउन महिलाहरुले आफूलाई ब्यग्र मजा नआएतापनि सन्तुष्ट भएको झुटो बयान दिन्छन ।

२. अन्योलमा रहनु : केही महिलाले आफू अर्गाजममा नपुगे पनि आफूले अर्गाजममा पुगेको रियाक्सन देखाएमा पुरुष पार्टनरले त्यसलाई कुन रुपमा हेर्छन भन्ने विषयमा अन्योलमा रहन्छन । यही अन्योलका कारण उनीहरुले अवास्तविक हाउभाउका साथ फेक अर्गाजमको सहारा लिने गर्छन ।

३. मूड नहुनु : महिलाहरु कतिपय अवस्थामा यौनका लागि तयार नभएका हुन सक्छन । जस्तो लामो यात्रपछि, बिरामीपछि निको भएको अवस्थामा महिनावारी नरोकिँदै, यौनांगमा कुनै घाउ भएमा वा स्वास्थ्यसँग सम्बन्धित कुनै समस्या आएको अवस्थामा यदि यौन सम्पर्क भइहाले पनि उनीहरु चरममा पुग्न सक्दैनन । तर, उनीहरु आफ्नो पार्टनरको विश्वासमा कमी नआओस भन्ने हेतुले झूटको सहारा लिन्छन ।

४. नर्भस हुनु : पुरुषले कम्फोर्टेबल महसूस गरेपनि महिलाले कम्फोर्टको अनुभूति नगरी चिन्तित हुन सक्छन । यसको प्रभाव यौनमा पर्छ र महिलाले आफूले आनन्द नलिए पनि पार्टनरको अनुभवलाई राम्रो बनाइदिन आफू खुसी र सन्तुष्ट भएको फेक अर्गाजम गर्छन ।

५. दबाब : कतिपय अवस्थामा पुरुषले आफू चरममा पुग्न लाग्दा महिलालाई पनि चरममा पुगे÷नपुगेको बारे सोध्ने गर्छन र क्लाइमेक्समा जान भन्दछन । तर, यौन सन्तुष्टि होस भनेर हुने वस्तु होइन । यो जबरजस्ती गरेर भन्न लगाउने बानीको दबाबमा उनीहरुले झुटको सहारा लिन्छन र मज्जा आएको आभाष गराइदिन्छन ।