जनता टाइम्स

२२ पुष २०८०, आईतवार १२:२२

सुनचाँदीको भाउ आज पनि स्थिर


काठमाडौ, २२ पुस । सुनचाँदीको कारोबार भाउ लगातार दोस्रो दिन स्थिर रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला १ लाख १९ हजार ५०० रुपैयाँ कायम छ ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १८ हजार ९५० रुपैयाँ रहेको छ ।

शुक्रबार पनि सुन सोही मूल्यमा किनेबेच भएको थियो । आज चाँदीको भाउ पनि स्थिर रहेको छ । आज चाँदीको भाउ प्रतितोला १४ सय २० रुपैयाँ कायम रहेको छ । शुक्रबार पनि चाँदी सोही मूल्यमा किनेबेच भएको थियो ।