विराटनगर, २२ पुस । कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता रूपेश कोइराला आज नियुक्त हुनुभएको छ । मुख्यमन्त्री केदार कार्कीको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले कोइरालालाई मुख्यन्यायाधिवक्ता नियुक्त गर्नुभएको हो ।
उहाँलाई आज दिउँसो १:४५ बजे उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेशप्रसादराज भण्डारीले पद तथा गोपनियताको शपथ ग्रहण गराउने कार्यक्रम रहेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्र श्रेष्ठले बताउनुभएको हो । मोरङको विराटनगर महानगरपालिका–९ का अधिवक्ता कोइराला प्रजातान्त्रिक कानून व्यवसायी संघ मोरङका पूर्वसभापति तथा हालका सल्लाहकारसमेत हो ।












प्रतिक्रिया दिनुहोस्