काठमाडौ, २३ पुस । साताको दोश्रो कारोबार दिन आज सुनचाँदीको भाउ घटेको छ । लगातार दुईदिन स्थिर रहेको सुनको भाउ आज ७०० रुपैयाँले घटेको हो ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला १ लाख १८ हजार ८०० रुपैयाँ कायम छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १८ हजार २५० रुपैयाँ खरिदबिक्री भइरहेको छ । यसअघि आइतबार छापावाल सुन तोलाको १ लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजावी सुनको भाउ तोलाको १ लाख १८ हजार ९५० रुपैयाँ निर्धारण भएको थियो । आज चाँदीको भाउ प्रतितोला १४ सय १५ रुपैयाँ कायम रहेको छ । यसअघि आइतबार चाँदी प्रतितोला १४ सय २० रुपैयाँमा किनेबेच भएको थियो ।













प्रतिक्रिया दिनुहोस्