चितवन, पुस २३ । भरतपुर महानगरपालिका–१२ स्थित मिलनचोकमा बोराभित्र फ्याँकिएको अवस्थामा बरामद भएको दुई वटा शवको पहिचान खुलेको छ ।
प्रहरी स्रोतका अनुसार मंसिर ६ गते मारेर फ्याँकिएका दुवैजना भारत विहार निवासी रहेको पाइएको हो । अनुसन्धानमा संलग्न अधिकारीका अनुसार विवाहेत्तर सम्बन्धका कारण उक्त घटना भएको पाइएको छ । अनुसन्धानको क्रममा पाइएको तथ्यअनुसार पत्नीको अर्कैसँग सम्बन्ध रहेको थाहा पाएपछि पतिले ब्वाईफ्रेण्डसहित दुवैजनाको हत्या गरेको पाइएको हो ।
दुईजनाको शव हातखुट्टा डोरीले बाँधेरर बोराभित्र हाली कल्भर्टमुनि फ्याँकिएको अवस्थामा भेटिएको थियो । प्रहरीले लामो समयसम्म मृतकको पहिचान गर्न नसकेपछि हुलिया र स्केच सार्वजनिक गरेको थियो । सोही आधारमा शवको पहिचान भएको प्रहरीले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्