जनता टाइम्स

२४ पुष २०८०, मंगलवार १४:०९

ह्वात्तै घट्यो सुनको भाउ, कतिमा भयो आज कारोबार ?


काठमाडौं, २४ पुस । नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार २०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख १८ हजार ६०० रूपैयाँमा कारोबार भइरहेको छ । आज तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ५० रूपैयाँमा कारोबार भइरहेको छ ।

यस अघि सोमबार प्रतितोला सात सय रूपैयाँ घटेको थियो ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार दुई सय ५० रूपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार प्रतितोला १४ सय १५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ ।