जनता टाइम्स

२५ पुष २०८०, बुधबार १६:४१

स्वास्थ्य बीमा कार्यक्रमका लागि ललितपुर महानगरले गर्यो पाटन अस्पतालसंग सहमति


ललितपुर, पुस २५ ललितपुर महानगरपालिकाले स्वास्थ्य बीमा कार्यक्रममार्फत गुणस्तरीय स्वास्थ्यसेवा प्रदान गर्न प्राविधिक सहयोगका लागि पाटन अस्पतालसँगको सहकार्य अघि बढाएको

स्वास्थ्य बीमा कार्यक्रम मार्फत् बीमितहरुले अब्बल स्वास्थ्य सेवा प्राप्त गरुन् भन्ने उद्देश्यलेमहानगरपालिकाले पाटन अस्पतालसँग सहकार्य गरेको मेयर चिरीबाबु महर्जनले बताएउनु भयो।

सोको लागि बुधबार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान महानगरबीच समझदारी पत्रमा हस्ताक्षरभएको छ। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार डा.पारस कुमार आचार्य मेयर महर्जनलेसमझदारीपत्रमा हस्ताक्षर गर्नुभएको

स्वास्थ्य क्षेत्रको सर्वोत्कृष्ट संस्थासँग सहकार्य गर्दा महानगरले लागू गरेको यो कार्यक्रमबाट धेरै राम्रोउपलब्धि हुने विश्वास लिएको छु,’ उहाँले भन्नुभयो, ‘स्वास्थ्य क्षेत्रमा हामीले गरेको खर्च पुगेको छैन, यसलाई अब हामी बढाउँदै जान्छौँ।

मेयर महर्जनले महानगरपालिकाले आफ्ना नगरबासीलाई हरेक क्षेत्रमा अब्बल सेवा प्रदान गर्ने प्रयासगरिरहेको बताउनु भयो। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार डा. आचार्यले महानगरकोस्वास्थ्य बीमा कार्यक्रममा उत्कृष्ट स्वास्थ्य सेवा दिने आफूहरुको प्रयास हुने बताउनु भयो।

महानगरपालिकाले १०५ औँ स्थापना दिवसको सन्दर्भमा दुई व्यक्तिलाई बीमा कार्ड प्रदान गरेरस्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको थियो 

महानगरपालिकाले वडाबाट वीमितहरुको तथ्यांक संकलन गर्न दर्ता सहयोगी समेत छनौट गरिसकेको  दर्ता सहयोगीले तालिम पश्चात नाम संकलन गर्नेछन्  बीमा कार्यक्रम आउँदो फागुन गतेदेखिसम्पूर्णका लागि लागू हुनेछ 

बीमा कार्यक्रमबाट पाटन अस्पतालले विशेषज्ञ चिकित्सक सहितकोबहिरङ्ग सेवा, आकस्मिक सेवा ,फार्मेसी सेवा, रेडियोलोजी एम्बुलेन्स सेवा उपलब्ध गराउनेछ