जनता टाइम्स

२५ पुष २०८०, बुधबार १७:४२

बलात्कार आरोपमा ३ जना पक्राउ


उदयपुर, २५ पुस । २० वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चौदण्डीगढी नगरपालिका–८ हिलेखोला बस्ने ३० वर्षीय गणेश राई, २७ वर्षीय उमेश मगर र २७ वर्षीय खड्ग मगर रहेका छन् ।

उनीहरूले ती किशोरीलाई ललाई फकाई सोही ठाउँस्थित जंगलमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।