रौतहट २५ पुस । तस्करले रौतहटबाट भारत तर्फ लैजाँदै गरेको १७ थान गाई गोरु प्रहरीले बरामद गरेको छ । जिल्ला सदरुकाम गौर नगरपालिका २ स्थित प्रहरी चौकी महादेवपट्टीबाट खटिएको गस्तीटोलीले भारततर्फ लैजादै गरेको अबस्थामा १७ थान गाई गोरु बरामद गरेको हो ।
तस्करहरु प्रहरीलाई देखेर फरार भएपछि उक्त स्थान बाट गाई १० वटा, गोरु १ वटा र बाछी ६ वटा गरी १७ थान बरामद गरेको जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले बताउनुभएको छ । कुल १ लाख ९६ हजार रुपैयाँ मूल्याङकन गरी बरामद गाई, गोरु र बाछी आवश्यक कारवाहिको लागि जिल्ला भंसार कार्यालय गौरमा बुझाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्