काठमाडौ, २६ पुस । कुमारी बैंकले माघ महिनाको लागि ब्याजदर घटाएको छ । बैंकले आज सूचना जारी गर्दै उक्त व्याजदर घटाएको छ । माघ महिनामा मुद्दति निक्षेपमा अधिकतम ८.११५ ब्याजदर दिने बैंकले जनाएको छ । यो संगै माघ महिनादेखि लागू गर्ने गरी एनआइसी एसिया बैंकले पनि ब्याजदर घटाइसकेको छ ।
कुमारी बैंकले १ वर्षभन्दा बढी अवधिको लागि उक्त ब्याजदर निर्धारण गरेको हो । पुस महिनामा बैंकले अधिकतम ९.३१५ ब्याजदर दिएको छ । अब माघमा भने मुद्दति निक्षेपमा अधिकतम ८.११५ र न्यूजतम ६.५०५ मात्र ब्याज दिने भएको छ । अब यसले माघ महिनाका लागि भने ३ देखि ६ महिना अवधिको मुद्दति निक्षेपको ब्याजदर ६.५०५ निर्धारण गरेको छ ।














प्रतिक्रिया दिनुहोस्