जनता टाइम्स

२६ पुष २०८०, बिहीबार १३:११

हायसको ठक्करबाट साइकल यात्रीको मृत्यु


उदयपुर, २६ पुस । उदयपुरको त्रियुगा नगरपालिका–८ मदन भण्डारी राजमार्ग स्थितमा हायसको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतामई गाउँपालिका–७ का ३८ वर्षीय तुलसी मङराती रहनुभएको छ ।

बुधबार बेलुका ७ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र. १–०५–००१ ज ००३५ नम्बरको हायसले विपरीत दिशाबाट आँउदै गरेको साइकललाई ठक्कर दिँदा मङराती गम्भीर घाइते हुनुभएको थियो ।

उहाँको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने हायस चालक त्रियुगा नगरपालिका–१० का ४५ वर्षीय किश्वर पाण्डेलाई हायससहित प्रहरीले नियन्त्रणमा लिएको छ ।