मलङ्गवा, २६ पुस । काठमाडौंबाट प्रहरी नियन्त्रणमा परेका लिटिल बुद्धको नामले चिनिएका अभियुक्त रामबहादुर बम्जनलाई हत्या र यौन हिंसाका जिल्ला अदालत सर्लाहीसमक्ष प्रस्तुत गरिएको छ । काठमाडौंबाट स्थलमार्ग भएर सर्लाही ल्याइएका अभियुक्त बम्जनलाई प्रहरीले सरकारी वकिलको कार्यालय लगेको थियो । त्यहाँ आवश्यक प्रक्रिया पुरा गरि बम्जनलाई जिल्ला अदालतमा पेश गरेको हो ।
जिल्ला अदालतमा गोलाप्रथाबाट गरिएको मुद्दा छनौटमा उनको मुद्दा न्यायाधीश विष्णु प्रसाद रेग्मीको ईजलासमा परेको थियो । उनको बयानपछि सुनुवाईको काम भइरहेको छ । बम्जनविरुद्ध १२ देखि १४ वर्षसम्म सजायको मागदावी गरि सुनुवाई भइरहेको हो । उनलाई थुना, तारेख वा धरौटीमा राखेर मुद्दाको थुनछेक आदेश न्यायधिसले दिनेछन् ।
हत्या र यौन शोषणको मुद्दामा सर्लाही जिल्ला अदालतले २०७६ साल माघ २३ गते बम्जनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बम्जनलाई मङ्गलबार पक्राउ गरेको थियो । सर्लाहीको पत्थरकोटस्थित बम्जनको आश्रमस्थलमा आनी बनेर बसेकी एक बालिकालाई जबरजस्ती करणी गरेको आरोप लगाउँदै तपस्वी रामबहादुर बम्जन विरुद्ध बाल यौन शोषणको मुद्दा परेको थियो ।
२०७३ साल साउन २० गते राती ९ बजेर २० मिनेटको समयमा आश्रमस्थलमै आनी बनेर बसेकी एक बालिकालाई विभिन्न किसिमको प्रलोभन देखाई सुत्ने कोठामा जवर्जस्ती करणी गरी यौन सन्तुष्टि लिएको र पीडितलाई डर धाक धम्की देखाईएको दायर गरिएको मुद्दामा उल्लेख छ ।
घटना घटेको बेला पीडित बालिका १५ वर्षकी मात्र थिइन् । उनी १८ वर्षकी भएपछि २०७६ माघ २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो । प्रहरीले अदालतको अनुमती लिएर प्रतिवादी बम्जनलाई पक्राउ गर्न भनिएपनि उनी फरार रहेकाले पक्राउ पर्न सकेका थिएनन् ।
‘बालबालिका सम्बन्धी ऐन २०७५ को ६६ को ३ ले यौन सन्तुष्टि प्राप्त गर्ने बालबालिकालाई प्रयोग गर्ने गराउने, बाल यौन शोषण गर्ने गराउने कसुर ग¥यो भने दफा ७२ को ३ को ६ ले प्रचलित कानुन वमोजिम जवर्जस्ती करणीको कसुरमा कसुरदारलाई सजाय हुनेछ, त्यही बमोजिम मौलिक अपराध संहिता २०७४ को दफा २१९ को उपदफा ३ को ग बमोजिम १४ वर्ष भन्दा बढी र १६ वर्ष भन्दा कम उमेरको बालिका भए १२ देखि १४ वर्षसम्म कैदको मागदावी’ सहित मुद्दा परेको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्