जनता टाइम्स

२६ पुष २०८०, बिहीबार १७:१७

चिसो बढेसँगै सिरहाको जनजीवन प्रभावित


सिरहा, २६ पुस । तराईमा पछिल्लो एक सातादेखि चिसो बढेपछि जनजीवन कष्टकर बन्दै गइरहेको छ । कुहिरोसँगै लागातारको हावा र शीतलहरले चिसो बढेपछि सिरहासहित मधेश प्रदेशको जनजीवन कष्टकर बन्दै गएको हो । चिसोका कारण जिल्लाका सम्पूर्ण सामुदायिक विद्यालयरु बन्द रहेका छन् ।

चिसोले गर्दा हाटबजार, सार्वजनिक स्थलहरुमा चहलपहल कम भएको छ । चिसोका कारण बालबालिका, बृद्धबृद्धा, दम, मुटुरोगीलगायत बढी प्रभावित भएका चिकित्सकहरु बताउँछन् ।

चिकित्सकहरुले यस्तो समयमा न्यानो कपडा लगाउने, अनावश्यक घरबाहिर नजाने र तातो र झोलिलो खानेकुरा खान सुझाएका छन् । चिसो बढेपछि सिरहाको गोलबजार नगरपालिका र इलाका प्रहरी कार्यालयले चोक तथा सार्वजनिक स्थाानहरुमा आगो ताप्नको लागि दाउरा वितरण गरेको छ । अहिले तराईको अधिकांश भू–भागहरुमा हुस्सु तथा शीतलहरको अवस्था रहेको छ ।