जनता टाइम्स

२६ पुष २०८०, बिहीबार १७:४९

एनएमबि बैंकको २८औं साधारण सभा सम्पन्न, सञ्चालक समितिका सदस्य फेरिए


काठमाडौं, पुस २६ । एनएमबि बैंकका संचालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनी महानुभावहरुको उपस्थितिमा आज राष्ट्रिय सभागृह, प्रदर्शनीमार्ग, काठमाडौंमा २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष पवनकुमार गोल्याणको सभापतित्वमा उक्त साधारण सभा सम्पन्न भएको हो । सो साधारण सभामा बैंकका शेयरधनीहरुले आ–आफ्नो विचार समेत ब्यक्त गर्नु भएको थियो ।

उक्त साधारण सभामा पूर्वघोषित कार्यक्रम वमोजिम संस्थापक शेयरधनीहरुको तर्फबाट मनोजकुमार गोयल र जीवनकुमार कट्वाल निर्वाचित हुनु भएको छ । यसैगरी, सर्वसाधारण शेयरधनीहरुको समुहबाट उत्तम भ्लोन, शिरिष् कुमार मुरारका र हरिश्चन्द्र सुवेदी निर्वाचित हुनु भएको छ ।

यस्तै एफएमओको तर्फबाट निको पिलको सट्टामा शर्मिला हार्दिप्रकाशलाई मनोनित गरी पठाएको व्यहोरा समेत सभामा जानकारी गराईएको थियो । बैंकको २०८० आषाढसम्ममा खुद नाफा रु.३ अर्ब २२ करोड, निक्षेप रु.२१३.०४ अर्ब र कर्जा रु.१९७.४७ अर्ब रहेको छ ।