काठमाडौं २६ पुस । क्रोएसिया पठाउँछु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनकुटाको धनकुटा नगरपालिका–२ घर भएर काठमाडौं बस्ने दीपेन्द्र राई रहेका छन् ।
३२ वर्षीय दीपेन्द्र राईले क्रोएसिया पठाउँछु भनेर जयराम भण्डारीसँग ५ लाख लिएपछि सम्पर्कविहीन भएका थिए ।
उनले पीडितहरूलाई क्रोएसिया जान ११ लाख लाग्छ भनेर प्रलोभनमा पारेर रकम ठगेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । आरोपीलाई कारवाहीका लागी प्रहरीले वैदेशिक रोजगार विभागमा पठाएको छ ।













प्रतिक्रिया दिनुहोस्